ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अध्यक्षमा वोङ्डा शेर्पा निर्वाचित



दावा जाङ्बु शेर्पा,काठमाडौं,१५ पौष । ओखलढुंगा टुरिजम डेभलपमेन्ट कमिटीको अध्यक्षमा वोङ्डा शेर्पा निर्विरोध निर्वाचित भएका छन् ।

कमिटीको चौथो वार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट ओखलढुंगा जिल्लाभित्र क्रियाशील सम्पूर्ण पर्यटन व्यवसायी तथा आरोहीहरूलाई समेटी ओङडा शेर्पाको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरिएको प्रथम उपाध्यक्षमा ओङ्ढा शेर्पाले जानकारी दिनुभयो ।

नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा ओङ्ढा शेर्पा, द्वितीय उपाध्यक्षमा राम कृष्ण मगर चयन भएका छन् । त्यस्तै महासचिवमा कुङ्गा शेर्पा सचिवमा गेल्मु शेर्पा,कोषाध्यक्षमा हेम कार्की र सह–कोषाध्यक्षमा फुला शेर्पा चयन भएका छन् ।

त्यस्तै,सदस्यमा देब बहादुर गुरुङ छेपाल शेर्पा राम कुमार मगर सार्की शेर्पा निर्वाचित भएका छन् । नव–निर्वाचित कार्यसमितिले जिल्लाको पर्यटन प्रवर्द्धन,दिगो पर्यटन विकास,पर्वतीय पर्यटन,आरोहण गतिविधि तथा स्थानीय रोजगारी सिर्जनामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।

प्रतिक्रिया दिनुहोस्