प्रभु बैंकका सीईओ अशोक शेरचन हाजिरी जमानीमा रिहा



काठमाडौँ,११ पौष। प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा हुनुभएकाे छ । विशेष सरकारी वकिलको कार्यालयले शुक्रबार उहाँलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेसँगै उहाँ उहा रिहा हुनुभएकाे हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले अनुसन्धानको नाममा बेफ्वाँकमा चार साता हिरासतमा राखेपछि उच्च अदालत पाटनका न्यायाधीशहरु चन्द्रबहादुर सारु र गीता तिम्सिनाको गत हप्ताको संयुक्त इजलासले पाँच दिनभित्र बयान सक्न अन्तिम पटक म्याद थपको अधिकार दिएको थियो । ब्युरोले पाँच दिनभित्र अदालतको आदेश पालना गरेको अवस्था नदेखिएपछि शेरचनलगायत प्रभु बैंकका झण्डै आधा दर्जन कर्मचारी अहिले हाजिर जमानीमा छुट्ने अवस्था बनेकाे हाे । शेरचनसहित मणिराम भुसाल, रिवाज श्रेष्ठ र राजेन्द्र शाक्य लगायतका कर्मचारीहरु हाजिर जमानीमा छुट्नु भएकाे हाे ।

विशेष सरकारी वकिल कार्यालयका सूचना अधिकारी सहायक न्यायाधिवक्ता सरिता पोख्रेलले उहाँलाई हाजिरी जमानीमा रिहा गर्ने निर्णय गरेको जानकारी दिनुभयाे ।

उहाँ मंसिर १४ गते पक्राउ पर्कानुभएकाे थियाे । २७ दिनको हिरासत बसाइँपछि उहाँ रिहा हुनुभएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्