शारदा भट्टराईको छन्दोबद्ध कवितासङ्ग्रह ‘छन्द परिदृश्य’ लोकार्पित
विराटनगर,११ पौष । कवि शारदा भट्टराईको छन्दोबद्ध कवितासङ्ग्रह “छन्द परिदृश्य” लोकार्पण भएको छ ।

छन्द वाटिका नेपाल र स्रष्टा समाज कोशी प्रदेशको संयुक्त आयोजनामा विष्णुमाया पुस्तकालयको सभाहलमा छन्दवाटिका नेपालका अध्यक्ष हरि कट्टेलको सभापतित्त्व बुधबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. टंकप्रसाद न्यौपाने, विशिष्ट अतिथि मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी युवराज कटेल,प्राज्ञ विवश पोखरेल,प्राज्ञ गङ्गा सुवेदी एवम खेम नेपाली लगायतले संयुक्त रूपमा सो कविता संग्रह लोकार्पण गरेका थिए । 
भट्टराईको उक्त लोकार्पण कार्यक्रममा बरिष्ठ साहित्यकार बलराम पोखरेल, राष्ट्रिय अनुसन्धान मोरङका उ. अनु. नि. (SP) राजन शर्मा सापकोटा, नेपाल स्रस्टा समाज,कोशी प्रदेशका अध्यक्ष कृष्णप्रसाद भण्डारी मार्सेली,प्रा.कविराज न्यौपाने,विराट साहित्य सङ्गमका अध्यक्ष मधु पोखरेल,नरेन्द्र चापागाईं स्मृति प्रतिष्ठानकी अध्यक्ष सरला चापागाईं,डा.देवी पन्थी,प्राध्यापक एकराज भट्टराई, साहित्यकार एकनाथ ढकाल,घनश्याम पौडेल लगायत विराटनगर इटहरी,इनरूवादेखि बेलबारीसम्मका साहित्यकारहरूको बाक्लो उपस्थिति थियो ।
समीक्षक बाबुराम पोखरेलले उक्त कृतिको समीक्षा गरेको सो कार्यक्रममा कवि तथा छन्दवाटिका सचिव चिरञ्जीवी काफ्ले,राधा सुवेदी,शारदा कार्की लगायतका कविहरूले विमोचित कृतिका कविताहरू पनि पाठ गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य छन्द वाटिकाकी उपाध्यक्ष निर्मला कोइराला र सञ्चालन स्रष्टा समाजकी लक्ष्मी पोखरेलले गरेकी थिइन।
शास्त्रीय छन्दका ६१ कविताहरू संग्रहित विमोचित संङ्ग्रको प्रकाशन दधिराम पौडेलले गरेका हुन्।

