हर्क साम्पाङले कारबाही गरेपछि नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरे मित्र परियार



काठमाडौं,११ पुस। हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले गरेको कारबाही गरेपछि उपाध्यक्ष डा. मित्र परियारले नेपाली कम्युनिस्ट पार्टी रोजेका छन् । प्रचण्ड निवास हात्तीवन पुगेर परियार आज बिहान
नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्। संयोजक प्रचण्डले उनलाई पार्टीमा स्वागत गरेका थिए ।

बुटवलमा ५ पुसमा भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए ।

परियारलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले उनीजस्तो प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउनु खुसीको कुरा भएको बताए ।

प्रतिक्रिया दिनुहोस्