एमाले चुनावी विरोधी होइन,प्रतिगमनको विरोध गरेको हो : ओली



काठमाडौं,१० पौष । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले चुनावी विरोधी नभएको बताएका छन्। नेकपा एमालेको राष्ट्रिय महाधिवेशनमा खटिएका स्वयंसेवक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेले प्रतिगमनको विरोध गरेको तर निर्वाचनको विरोध नगरेको जानकारी गराएको बताए।

उनले राष्ट्रपति कार्यालयमा भएको भेटलाई उदृत गर्दै भने-‘प्रधानमन्त्री र राष्ट्रपतिले चुनाव गराऔं भन्नुहुन्छ भने हामीले नगराउनु भनेका छैनौं ।’ उनले निर्वाचनको वातावरण सरकारले बनाउन नसकेकाले चुनाव हुने सम्भावना नरहेको बताए।

उनले राष्ट्रिय एकता र राष्ट्रिय स्वाभिमान बचाउने हाम्रो काम र अभिभारा भएको बताए। ओलीले एमालेका भोलेन्टियर कुलतमा नलागी उच्च आदर्श र कर्तव्यपालनाका साथ महाधिवेशनमा होमिएको भन्दै भन्दै प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्