नेपाली कम्युनिस्ट पार्टी सोलुखुम्बुले गर्‍यो सर्बसम्मत उम्मेदवार सिफारिस (नामावली सहित )



सोलुखुम्बु,९ पौष । नेपाली कम्युनिष्ट पार्टी सोलुखुम्बुले फागुन २१ मा हुने संघीय संसद प्रतिनिधि सभाको निर्वाचनका लागि सर्वसम्मत उमेदवार सिफारिस गर्ने निर्णय गरेको छ ।

जिल्ला संयोजक नाम्गेल शेर्पाको संयोजकत्वमा बुधबार बसेको बैठकले पाँच जनाको नाम सहमतिका साथ निर्णय गरेको जिल्ला सदस्य भोजराज कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार हेम कुमार राई (शुरवीर),असिम राई,शिव बहादुर बस्नेत (राजेन्द्र),आङ दावा शेर्पा र अम्बिर काजी कुलुङको नाम सिफारिस गरिएको छ ।

यस्तै समानुपातिक तर्फ गोपाल किराँती, पासाङ शेर्पा (कर्मा), ङिमा तेण्डुप शेर्पा, दिल बहादुर नेपाली (घनश्याम),केशब खड्का (श्याम),करुणा बस्नेत र ङिमादिकी शेर्पा र अमृता कुलुङको नाम सिफारिस गरिएको छ । यस्तै राष्ट्रिय सभा सदस्यको लागि दिलबहादुर नेपाली (घनश्याम)को नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्