राप्रपा खोटाङद्वारा उम्मेदवार सिफारिस
खोटाङ,९ पौष । आगामी फागुन २१ गते तोकिएको निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) खोटाङले उम्मेदवार सिफारिस गरेको छ।

राप्रपा खोटाङले प्रत्यक्षतर्फ गुणराज राजभण्डारीलाई सिफारिस गरिएको छ।राजभण्डारी कुशल चलचित्र निर्माता, समाजसेवी,तथा सफल ब्याबसायीको रुपमा परिचीत ब्यक्तित्व हुनुहुन्छ।
एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको खोटाङमा एमाले, कांग्रेस,नेपाल कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी लगायत दलहरूले हालसम्म आफ्ना उम्मेदवार सिफारिस गरेका छैनन्।

