पूर्ब राष्ट्रपति भण्डारीले राजसंस्था पुनर्स्थापनाका विषयमा दिएको अभिव्यक्ति आश्चर्यजनक : ज्ञवाली



काठमाडौं,७ पौष । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्था पुनर्स्थापनाका विषयमा दिएको अभिव्यक्ति आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले पूर्वउपाध्यक्ष समेत रहेकी भण्डारीले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लागेको भन्दै आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको भन्दै प्रश्न गरेका छन् ।

उनले लेखेका छन्– ‘पूर्व राष्ट्रपतिज्यूले राजतन्त्र पुनर्स्थापना हुन सक्छ भनेर दिएको अभिव्यक्ति सुन्दा उदेक लाग्यो । आफैँ उभिएको धरातलप्रतिको विश्वास किन धरमराएको होला ?’

पूर्ब राष्ट्रपति भण्डारीले पूर्बराजा ज्ञानेन्द्र शाहप्रति आफ्नो सम्मान रहेको बताउँदै एक अन्तर्वार्ताका क्रममा मुलुक यस्तै तरल अवस्थामा रहिरहे यसलाई सम्हाल्नका लागि राजसंस्था पुनस्थापना हुन सक्ने बताएकी थिइन । मुलुकका प्रमुख शक्ति केन्द्रमध्ये अहिले पनि पूर्बराजसंस्था एउटा शक्तिकेन्द्र भएको उनको भनाई थियो।

प्रतिक्रिया दिनुहोस्