आफू नै एमाले हो भन्ने ओलीको भनाइ उचित छैन : पोखरेल



काठमाडौँ,५ पौष । नेकपा एमालेका नेता ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने बताउँदै आफू नै एमाले हो भन्ने उनको भनाइ उचित नभएको टिप्पणी गरेका छन् ।

पार्टीको ११ औँ महाधिवेशनपछि छुट्टै भेला गरेका पोखरेलले आफ्नो पक्षका नेता तथा कार्यकर्ताद्वारा शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। उनले आत्मसमर्पण मञ्जुर नभएको बताए।पार्टीभित्र विभाजनलाई अस्वीकार गरिने र आत्मसमर्पण पनि मञ्जुर नभएको उनको भनाई थियो ।

नेतृत्वले आफ्ना कमिमजोरी स्वीकार नगरेमा कम्युनिस्ट पार्टी नै सकिने भन्दै पोखरेलले विचारको लडाइँ जारी रहेको बताएका छन्। एघारौँ महाधिवेशनमा गरेको प्रतिस्पर्धालाई इंगित गर्दै उनले भने, ‘यो सुरुवात हो। अब यसले निरन्तरता पाउछ। विचार र बिधिको लडाइँ जारी रहन्छ।’

प्रतिक्रिया दिनुहोस्