एमालेमा नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै



काठमाडौं,२ पौष । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदै छ।

मतदान आज बिहान ८ बजे सुरु निर्वाचन आयोगले जनाएको छ । हिजो बिहान ७ बजेबाट सुरु हुने भनिएको मतदान पटकपटक सार्दै बेलुकी ८ बजे स्थगित गरिएको थियो ।

मतदान विद्युतीय भोटिङ मेसिनमार्फत हुनेछ। एमालेको ११ औं महाधिवेशन शनिबारबाट सुरु भएको थियो।नयाँ नेतृत्वका लागि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलका दुई प्यानल चुनावी मैदानमा खडा भएका छन् । दुई समूहबीच तीब्र प्रतिस्पर्धा रहेको मतदाताको बुझाई छ ।

प्रतिक्रिया दिनुहोस्