फेरि ७ बजेका लागि सर्‍यो नेतृत्व चयनका लागि मतदानको समय



काठमाडौं,१ पौष । नेकपा एमालेको ११ औँ महाधिवेशनको मतदान प्रक्रिया तीन घण्टा पछि सरेको छ । एमाले नेता माधव ढुंगेलका अनुसार प्राविधिक व्यवस्थापनमा समय लाग्ने हुँदा निर्धारित समयभन्दा केही पछि मात्रै मतदान सुरु हुने भएको हो । निर्बाचन कार्ततालिका अनुसार अब सांझ ७ बजेदेखि मतदान सुरु हुनेछ ।

विद्युतीय मतदान गराउने जिम्मा लिएको कम्पनीले बेलैमा काम सकेको भए आज बिहान ७ बजे देखि नै मतदान सुरु हुने थियो । तर कम्पनीले बेलैमा काम सम्पन्न नगर्दा समय लम्बिएको हो ।

राम-लक्ष्मण इनोभेशन अन्तर्गतको प्राविधिक टिमले एमालेको निर्वाचन विद्युतीय प्रक्रियाबाट सम्पन्न गर्ने जिम्मा लिएको छ । एमालेका २ हजार २६२ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्