सरकारले बनायो राजनीतिक संवाद समिति,योजना आयोगको उपाध्यक्षमा श्रेष्ठ नियुक्त
काठमाडौं,२९ मंसिर । सरकारले बिभिन्न राजनीतिक दल र सरोकारवालासंग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको छ ।

सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कानूनमन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक सम्वाद समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बताए।
समितिको सदस्यमा सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल रहेका छन् ।
बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्रकाशकुमार श्रेष्ठ र
सदस्यमा प्रा.डा.सुनीति श्रेष्ठलाई नियुक्त गरेको पनि खरेलले बताए।
प्रचलित कानूनमा व्यवस्था भएकोमा बाहेक सेवा प्रवाहको प्रक्रियामा कागजको आधिकारिताका लागि आइटिकटका रुपमा हुलाक टिकट टाँस्ने अभ्यास प्रचलन वा व्यवस्थालाई हटाउने निर्णय गरेको छ।
सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ दुई सय तथा भारतीय रुपैयाँ पाँच सय दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५ हजारको सीमासम्म भारतबाट नेपालमा भित्र्याउन र नेपालबाट भारतमा लैजानसक्ने व्यवस्था गरेको बताए।

