ओली र पोखरेलले गरे एमाले अध्यक्षका लागि उम्मेदवारी दर्ता
काठमाडौं,२९ मंसिर । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनका क्रममा आज उम्मेदवारी दर्ता चलिरहेको छ ।

निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले तेस्रो कार्यकालका लागि उम्मेदवारी दर्ता गराएका छन् । बन्दसत्रस्थल भृकुटीमण्डपमा उनले निर्वाचन आयोगसमक्ष उम्मेदवारी दर्ता गराएका हुन् ।
ओलीलाई चुनौती दिन यसअघि नै ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन् । ओली पूरै प्यानलका साथ चुनावी मैदानमा उत्रिएका छन् ।
पोखरेलले पनि पदाधिकारीमा प्यानल बनाएका छन् ।

