महेश्वरी कुँवर पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि सिफारिस



काठमाडौ,२८ मंसिर । नेविसंघकी पूर्व महामन्त्री महेश्वरी कुँवर पाल्पा क्षेत्र नं.२ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएकी छन्।

आगामी फागुन २१ गते हुने निर्बाचनका लागि कुँवर सहित अन्य चार जनाको नाम पनि सिफारिस भएको नेपाली कांग्रेस पाल्पाले जनाएको छ।

उम्मेदवारका लागि सिफारिस हुने अन्य चार जनामा जिल्ला सभापति हिमाल धात श्रेष्ठ,विर बहादुर राना, कृष्ण बस्याल र मिना पन्थी रहेका छन्।

प्रतिक्रिया दिनुहोस्