सोमबार बस्दै कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक



काठमाडौ,२८ मंसिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको छ ।

ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा सोमबार बिहान ९ बजे बस्ने गरी बैठक बोलाईएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा आइतबार जारी सूचनामा भनिएको छ-“नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक २०८२ मंसिर २९ गते सोमबार बिहान ९ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भएकाले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश सभापतिहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ।”

प्रतिक्रिया दिनुहोस्