निर्बाचनमा भाग नलिने ज्ञवाली र शाक्यको घोषणा, दिए ओलीलाई पनि बिदा लिन सुझाव



काठमाडौं,२८ मंसिर । नेकपा एमालेका २ उपाध्यक्षले सक्रिय राजनीतिबाट सन्यासको घोषणा गरेका छन् । उपाध्यक्षहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले अब निर्वाचनमा भाग नलिने घोषणा गरेका हुन् ।

नयाँलाई अवसर दिने भन्दै उनीहरू प्रतिस्पर्धाबाट पछि हटेका हुन् ।
उनीहरू दुवै जना ईश्वर पोखरेल पक्षमा खुलेर लाग्दै आएका उनीहरू दुवैले ७० वर्षे उमेर हदको वकालत गर्दै आफूहरू ७० वर्ष माथि भइसकेकोले यो महाधिवेशनमा समेत कुनै पदमा उम्मेदवार नबन्ने घोषणा हुन् ।

उनीहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई पनि विदा हुन आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्