एमालेमा बढाईयो पदाधिकारी र केन्द्रीय सदस्यको संख्या



काठमाडौं,२८ मंसिर । नेकपा (एमाले) को विधान संशोधन भएको छ । आइतबार बिहान बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान संशोधन गर्दै पदाधिकारीको संख्या बढाएको हो ।

अब एमालेका पदाधिकारी १९ सदस्यीय हुने भएको छ । जसमा अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जना रहने भएका छन् ।

त्यस्तै स्थायी कमिटी ४५ सदस्यीय र पोलिटब्युरो ९९ सदस्यीय हुनेछ । त्यस्तै केन्द्रीय कमिटी केन्द्रीय कमिटी ३०१ सदस्यीय बनाइएको छ ।यो प्रस्ताव महाधिवेशनबाट अनुमोदन भएपछि तुरुन्तै बस्ने बन्दसत्रमार्फत नेतृत्व चयन प्रक्रिया अगाडि बढाइनेछ ।

यसअघि भदौमा सम्पन्न भएको विधान महाधिवेशनले अध्यक्ष एक, उपाध्यक्ष तीन, महासचिव एक, उपमहासचिव तीन र सचिव सातसहित १५ सदस्य रहेको पदाधिकारी बनाउनेगरि विधान संशोधन गरेको थियो ।

यस्तै,२५१ सदस्यीय केन्द्रीय कमिटीको संरचना कायम गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्