प्रधानमन्त्री कार्की र पुर्बराष्ट्रपति भण्डारीबीच ओलीलाई गिरफ्तार गर्ने सल्लाह भएको बस्नेतको आरोप



काठमाडौं,२५ मंसिर । नेकपा एमालेका नेता महेश बस्नेतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरफ्तार गर्ने षड्यन्त्र भएको दाबी गरेका छन् । उनले प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच केही दिन अघि भएको भेटमा ओलीको गिरफ्तारीबारे सल्लाह भएको दावी गरेका हुन् ।

‘हिजै जेनजी समूहको नाममा गरिएको वार्ता र सम्झौताको नाटक,हिमेश पन्तलगायतका अराजक सेलिब्रेटीहरूले फैलाएको गलत भ्रम, “केपी ओली गिरफ्तार” भन्ने मिडिया ट्रायल सबै कुरा एउटै दिशातिर संकेत गर्छन्’, बस्नेतको भनाइ छ । उनले एमाले महाधिवेशन भाँड्ने, आतंक फैलाउने, सहभागिता घटाउने, र अन्तिम चरणमा केपी ओलीको लोकप्रियता कमजोर पार्ने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् । ‘तर उनीहरूले बिर्सिन नहुने कुरा के हो भने एमाले सबै प्रकारका षड्यन्त्र चिर्न सक्षम छ । पार्टी आफ्नो अडानमा अडिन्छ, अध्यक्षलाई दबाब दिने वा गिरफ्तार गर्ने कुनै पनि चाल कदापि सफल हुँदैन’,बस्नेतको चेतावनी छ ।

उनले इश्वर पोखरेल प्रति इंगित गर्दै बुधबारको पत्रकार सम्मेलनमा उनको अभिव्यक्तिबारे पनि प्रश्न उठाएका छन् ।

उनले भनेका छन्,‘हिजोको पत्रकार सम्मेलनमा ईश्वर पोखरेलले पत्रकारहरूलाई भन्नुभयो,“तपाईँहरूले एउटा कुरा सोध्नै भुल्नुभयो स् किन हाम्रो अध्यक्ष आयोगमा बयान दिन जानुभएन रु म भए जान्थे, उहाँ पनि जानैपर्छ ।”, बस्नेतले भनेका छन्,‘यसबिच अर्को षडयन्त्रको खेल पनि बाहिर आएको छ ।’

प्रतिक्रिया दिनुहोस्