गायिका सत्यकला राई अमेरिकामा सम्मानित
काठमाडौं,२४ मंसिर । दर्जनौ चर्चित गीतका लोकप्रिय गायिका अमेरिकामा सम्मानित हुनु भएको छ । ग्लोबल पिपल एलायन्स ‘जिपिए’ निर्माता समेत रहनु भएकी राईलाई शान्ति राजदूतको रुपमा बिशेष सम्मान गरिएको हो । कल्याण फाउन्डेशनको सह–आयोजनामा अमेरिकामा नेपाली चलचित्र ‘काँडेतार’ को च्यारिटी कार्यक्रमको अवसरमा गायिका तथा निर्माता सत्यकला राईलाई विशेष सम्मान प्रदान गरिएको थियो ।

सम्मान ग्रहण गर्दै राईले आफूलाई प्रदान गरिएको मान–सम्मानप्रति खुशी व्यक्त गर्दै जिपिएका संस्थापक वैज्ञानिक डा. प्रदिप बास्तोला, जिपिए अध्यक्ष काशी अधिकारी तथा सम्पूर्ण टिमप्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।
बेलायत र क्यानडा हुँदै चलतित्र प्रदर्शनको सिलसिलामा गायिका राई हाल अमेरिकामा पुग्नु भएको छ । यस्तो कार्यक्रमले नेपाली कला–संस्कृति, चलचित्र र सामाजिक सेवामा समर्पित व्यक्तित्वहरूको भूमिका उजागर गरेको आयोजक संस्थाका प्रतिनिधिहरुले जनाएको छ ।

