प्रधानमन्त्री कार्कीसंग प्रसाईले गरे राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापित गर्नुपर्ने माग



काठमाडौं,२२ मंसिर । राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईंले राजसंस्था र हिन्दूराष्ट्र पुन:स्थापित गर्नुपर्ने माग गरेका छन् ।

सोमबार प्रधानमन्त्री सुशीला कार्कीसँगको वार्ताका क्रममा प्रसाईले सो माग राखेका हुन्।प्रधानमन्त्री कार्कीले सो बिषयमा पुस २ गतेसम्म जवाफ दिने प्रतिबद्धता जनाएको उनले बताए ।

उनले आफ्ना माग पूरा नभएसम्म फागुन २१ गते चुनाव हुन नसक्ने बताउँदै माग पूरा नभए जनविद्रोह हुने चेतावनी दिए ।प्रसाईंको समूहले मंसिर ६ गते प्रस्तुत गरेको २७ बुँदे मागपत्रमा नेपालको वर्तमान संविधानलाई पूर्णरुपमा खारेज गरी नयाँ संविधान निर्माण गर्ने, राष्ट्रपतिको सट्टा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख प्रणाली लागू गर्ने, राजसंस्था, हिन्दु राज्य लगायतका मागहरु समावेश छन् ।

प्रधानमन्त्री कार्कीको निर्देशनमा समसामयिक राजनीतिक तथा सामाजिक मुद्दाहरूमा छलफलका लागि प्रसाईंलाई आज वार्तामा बोलाइएको थियो ।अब अर्को चरणको वार्ता पुस २ गते हुने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्