मोडल मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘मेरो घरको मुन्तिर’ सार्वजनिक



काठमाडौ,२२ मंसिर । मोडल मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको म्युजिक भिडियो ‘मेरो घरको मुन्तिर’ सार्वजनिक गरिएको छ ।

अर्नभ फिल्म्स प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको भिडियोमा नायक तथा मोडल मनिल तामाङ र मान्शी शर्माको अभिनय रहेको भिडियाेलाई निर्देशन राजेन्द्र बस्नेतले गरेका छन् ।भिडियोको छायांकन डम्बर राईको कोरियोगार्फी सुरेश पाण्डेको मेकअप प्रीया नगरकोटिको र सम्पादन टेकेन्द्र शाहको रहेको छ ।

सार्वजनिक गरिएको म्युजिक भिडियोको गायक आन्न्द कार्की रहेका छन भने गितको संगीत तथा एरेन्ज कमल अधिकारीको रहेको छ भने मेरो घरको मुन्तिर बोलको गितको शब्द दिपक सापकोटाको रहेको छ ।

आज सार्वजनिक भएको “मेरो घरको मुन्तिर” बोलको म्युजिक भिडियो संगीतकार कमल अधिकारीको आफनै अफिसियल च्यानल कमल अधिकारी युटुव च्यानलमा सार्वजनिक गरिएको छ ।सार्वजनिक गरिएको”मेरो घरको मुन्तिर “बोलको म्युजिक भिडियोका नायक तथा मोडल तामाङले चलचित्र”डिरिम गल” “चुरिफुरी “गोर्खा वारियर” डारक एन्ड लाईट” र चलचित्र “गोजि रित्तै” मा अभिनय गरि सकेका तामाङले दुई दर्जन भन्दा माथी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन ।

प्रतिक्रिया दिनुहोस्