सोलुदुधकुण्ड नगरपालिकामा छैंठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
सोलुखुम्बु,१९ मंसिर । सोलुदुधकुण्ड नगरपालिकामा छैंठौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।

जनजागृति माध्यमिक विद्यालयमा सञ्चालन हुने सो प्रतियोगिताको शुक्रबार जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले गरेका हुन्।
मंसिर १९ देखि २२ गतेसम्म सञ्चालन हुने सो प्रतियोगिताको उद्घाटन सत्रमा प्रमुख अतिथि समन्वय प्रमुख निरौला,विशिष्ट अथिति सोलुदुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा,प्रमुख जिल्ला अधिकारी लिलाकुमारी के.सी.पाण्डे,नगर उपप्रमुख गान्धीमाया तामाङ लगायतले शुभकामना व्यक्त गरेका थिए।
१४ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएको सो प्रतियोगितामा खेलाडी दर्ता निर्देशिका–२०७० को अनुसूची–४ मा उल्लेख गरिएका खेलहरू मात्रै समावेश गरिएको
आयोजकको भनाई छ।

