गुण्डुमा ‘ओली कुटी’ को निर्माण कार्य सुरु
भक्तपुर,१८ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि घर निर्माण कार्य सुरु गरिएको छ ।

जेन–जी आन्दोलनका क्रममा भदौ २४ गते बालकोटस्थित ओली निवास प्रदर्शकारीले जलाइदिएपछि त्यस यता गुण्डुमा बस्दै आएका ओलीका लागि सोही स्थानमा घर निर्माण सुरु गरिएको हो। ओली कुटी नाम दिइएको सो घरको ओली पत्नी राधिका शाक्यले बिहिवार शिलान्यास गरेकी छन् ।
बालकोटस्थित घर मरणोपरान्त राज्यका नाममा हुनेगरी दान गरिसकेको ओली परिवारले बताउँदै आएको छ। राज्यकै नाममा दिइसकेको घर भएकाले अब आफै पुनर्निमाण गरेर नबस्ने ओली दम्पत्तिले बताउने गरेका छन्।

