प्रधानमन्त्री कार्कीद्वारा सर्बपक्षीय बैठक आव्हान,शुक्रबार ४ बस्ने
काठमाडौँ,१८ मंसिर । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् ।

भोलि ४ बजेका लागि बोलाइएको बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोगलगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ ।
निर्वाचनका लागि वातावरण तयार गर्न प्रधानमन्त्री कार्की सक्रिय रूपमा लागेकी छन् । बैठकले निर्वाचन प्रक्रियामा सहमति र समन्वय सुनिश्चित गर्ने अपेक्षा गरिएको छ।

