विघटित नेकपा एसका कोशी प्रदेश उपसचिव लामासहित २५ नेता एमालेमा प्रवेश
काठमाडाैं,१६ मंसिर । विघटित नेकपा एकीकृत समाजवादीका कोशी प्रदेशका उपसचिव छिरिङ लामा नेकपा एमालेमा प्रवेश गरेका छन्।

जिल्ला समन्वय समिति ताप्लेजुङका प्रमुख समेत रहेका लामासहितका नेतालाई एमालेका पोलिटब्यूरो सदस्य तिलकुमार मेन्याङ्वो,कार्यवाहक अध्यक्ष दिपेन पोमु,पूर्वजिल्ला अध्यक्ष भूपेन्द्र थेबे लगायतले लामालाई स्वागत गरेका थिए।
एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसहितका दलहरूकाबीचमा एकता भएर नेपाली कम्युनिष्ट पार्टी बनेपछि असन्तुष्ट लामासहित २५ नेता ‘घर फर्क’ अभियान अन्तर्गत एमालेमा प्रवेश गरेको जनाइएकाे छ।

