कांग्रेसमा विशेष महाधिवेशनको च्याप्टर क्लोज,१५ औं महाधिवेशन पुस २६ गते देखि हुने ( तालिका सहित)
काठमाडौं,१५ मंसिर । नेपाली कांग्रेसमा विशेष महाधिवेशनको च्याप्टर क्लोज भएको छ। डेढ महिना लामो रस्साकस्सी र विवादपछि आज पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले पुस २६ देखि २८ गतेसम्म पन्ध्रौँ महाधिवेशन गर्ने निर्णय गरेसंगै बिशेष महाधिवेशनको च्याप्टर क्लोज भएको हो।

बैठकपछि पत्रकाहरूसँग बोल्दै प्रवक्ता महतले कांग्रेसको यस पटकको महाधिवेशन तालिका रकेट स्पीडमा अघि बढ्ने जानकारी दिए ।
यस्तो छ कार्यतालिका
– विदेशस्थित जनसम्पर्क समितिको अधिवेशन पुस १५ गते
गाउँ, नगर र वडा कार्यसमितिको अधिवेशन पुस १६ गते
-गाउँ/नगरपालिका अधिवेशन पुस १७ गते
-प्रदेशसभा क्षेत्रीय अधिवेशन पुस १९ गते
-प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन एउटा मात्रै निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २१ गते
-एकभन्दा धेरै प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन पुस २२ गते
-सातै प्रदेश कार्यसमितिको अधिवेशन पुस २३ र २४ गते गते
-केन्द्रीय महाधिवेशन पुस २६, २७ र २८ गते

