वृत्तचित्र ‘तिते माछा’ निर्माण गरिने
काठमाडौं १४ मंसिर । जेपिजे इन्टरटेनमेन्टको प्रस्तुतिमा कथानक वृतचित्र ‘तितेमाछा’ निर्माण हुने भएको छ ।

साना, ठूला पर्दाका दर्जन बढी चलचित्र र दर्जनौ म्युजिक भिडियो निर्देशन गरिसक्नु भएका किशोर सुब्बाको निर्देशन रहने ‘तितेमाछा’ को लागि हाल यासेली योङ्गहाङ्गले पटकथा तथा संवाद तयार पारिरहनु भएको छ भने जसको मुल कथा र परिकल्पना निर्देशक सुब्बाकै रहने छ ।
यसमा सह लेखन बिवस वेनाम,डा.टंक सेलिङ्ग,किशोर सुब्बा शीर्ष संगीत,हर्क योंङ्हांङ्, पार्स्व संगीत अशोक लोहरूङ्ग राई,मनि ताम्लिङ्ग,कास्टिङ्ग डिजाईन प्रेम सुब्बा,प्रोडक्सन कोअर्डिनेटर सागर सुब्बा,लोकल स्पोर्ट कोअर्डिनेटर भिम कुमार सेम्बु,आशिष भट्टराईको रहने छ भने येहाङ्ग लावती,प्रेम पन्दाक र बिनोद पोमूको पनि सहकार्य रहने छ ।
ताप्लेजुङ्गको मेवाखोला, फावाखोला र पाँचथरको हेंवाखोला वरिपरि छायांकन गरिने वृत्तचित्र ‘तितेमाछा’ का लागि प्राबिधिक र कलाकारको बारेमा निर्देशक सुब्बाले केहि समय पछि एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गर्ने बताउनु भएको छ ।

