उज्यालो नेपाल पार्टीले मंसिर १७ गते दीर्घकालीन दृष्टि,मूल ध्येय र विस्तृत घोषणापत्र सार्बजनिक गर्ने



काठमाडौँ,१२ मंसिर । उज्यालो नेपाल पार्टीले मङ्सिर १७ गते प्रज्ञा भवन,कमलादी काठमाडौँमा घोषणासभा गर्ने भएको छ।

पार्टीका संरक्षक समेत रहेका उर्जामन्त्री मन्त्री कुलमान घिसिङको प्रमुख अतिथ्यमा आयोजना हुने सो कार्यक्रममा उज्यालो नेपाल पार्टीको दीर्घकालीन दृष्टि,मूल ध्येय र विस्तृत घोषणापत्र २०८२, औपचारिक रूपमा सार्वजनिक गरिने शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा उज्यालो नेपाल पार्टी समान सोच र दृष्टिकोण भएका नयाँ तथा वैकल्पिक राजनीतिक दल, सङ्घ, सङ्गठन, सरोकारवाला समूह र व्यक्तिहरूसँग सहकार्य गर्न इच्छुक रहेको नेताहरूले बताएका छन् ।

‘हामी दलहरूको भीडमा थप एक नयाँ दलको रूपमा मात्रै आएका होइनौँ । हामीसँग उज्यालो सपनालाई साकार पार्न सक्ने नेतृत्व, कार्यकुशलता र अनुभव छ’, विज्ञप्तिमा भनिएको छ, ‘आम नेपाली जनताले विश्वास र भरोसा गरेको नेतृत्व छ । कुरा गरेर होइन, कामबाट प्रमाणित नेतृत्व छ ।’

प्रतिक्रिया दिनुहोस्