एमालेलाई अग्रगतितर्फ अघि बढाउन महाधिवेशन सफल हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास



काठमाडौं,११ मंसिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विद्यमान विषम राजनीतिक परिस्थितिको सामना गर्दै एमालेलाई अग्रगतितर्फ अघि बढाउन महाधिवेशन सफल हुने विश्वास व्यक्त गरेकी छन् ।

नेकपा (एमाले)को आशन्न ११औँ महाधिवेशनका लागि सामाजिक सञ्जालमार्फत शुभकामना दिंदै एमालेकी तत्कालीन उपाध्यक्ष समेत रहेकी भण्डारीले सो बिश्वास व्यक्त गरेकी हुन्। महाधिवेशन पार्टीका नेता, कार्यकर्ता र सदस्यहरूको लागि नीति तथा नेतृत्व निर्माणमार्फत सामाजिक–आर्थिक रूपान्तरणतर्फ सिंगो पार्टीलाई मार्गदर्शन गर्ने ऐतिहासिक अवसर भएको उनको भनाई छ ।

उनले आफ्नो भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले सँगै रहने बताउंदै उनले भनेकी छन्-“मैले दुई वर्षअघि नै विधानसम्मत ढंगले नवीकरण गरिसकेको मेरो पार्टी सदस्यतालाई नेतृत्वले अनुचित तरिकाले रोकेको कारण,म स्वयंको यो महाधिवेशनमा भौतिक उपस्थिति नभए पनि पार्टी परिवारको अभिन्न सदस्यको हैसियतले म तपाईंहरूका साथ निरन्तर रहनेछु,”

प्रतिक्रिया दिनुहोस्