क्रोएसियामा दुर्घटनामा परि एक नेपालीको मृत्यु



दिप खालिङ-युरोप सम्बादाता।क्रोएसियाको Eugena Kvaternika 77, Retkovci स्थित एक निर्माण कम्पनीमा कार्यरत एक नेपालीको मृत्युु भएको छ ।

काभ्रेपलान्चोक धुलिखेल-२,घर भई सो कम्पनीमा कार्यरत ३८ वर्षिय सन्तोष सापकोटाको २४ नोभेम्बर २०२५ काे बेलुका करिब ८ बजेतिर कम्पनिबाट घरतर्फ पैसा पठाउन बैंक जाने क्रममा ट्रेनको लिक क्रस गर्ने बेला उक्त बाटोमा आएको ट्रेनले ठक्कर दिएको थियो। ठक्करपछि घटनास्थलमै उनको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको एनआरएनए क्रोएसियाले जनाएको छ।
मृत्यु भएको छ।

दुर्घटनापछि एनआरएनए क्रोएसिया तथा स्थानीय प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाइरहेका छन्। एनआरएनए क्रोएसियाले मृतकका परिवारलाई दुर्घटनाबारे जानकारी गराइसकेको र आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढाएको जनाएको छ।
छ ।

संस्थाका अनुसार मृतक कार्यरत कम्पनीलाई आवश्यक खर्च व्यहोर्ने विषयमा सहमत गराइएको छ। साथै, मृतकको शव नेपाल पठाउन दूतावाससँग आवश्यक कागजातका लागि समन्वय तथा सहकार्य भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्