म्याद सकिन एकदिन बाँकी हुँदा एमालेले गर्यो प्रतिनिधिसभा निर्बाचनका लागि दल दर्ता
काठमाडौं,९ मंसिर ।म्याद सकिन एक दिन बांकी रहंदा नेकपा एमालेले प्रतिनिधि सभाको निर्वाचन प्रयोजनका लागि दल दर्ता गरेको छ ।

आयोग पुगेर निर्वाचन विभागका प्रमुख निरज आचार्य र कार्यालय सचिव डा. भीष्म अधिकारीले दल दर्ताको निवेदन दिएका हुन् । ‘आज निर्वाचन आयोगमा दल दर्ता गराएका छौँ। राष्ट्रिय सभाको निर्वाचनका लागि हाम्रो दर्ता नम्बर ९३९ प्राप्त भएको छ। प्रतिनिधि सभा निर्वाचनका लागि भने ९७१ नम्बरमा दर्ता भएका छौँ। समग्र दल दर्ता क्रमांक ६६औँ रहेको छ।’अधिकारीले भने ।
निर्वाचन प्रयोजनका लागि दर्ता गर्ने दलहरूले मात्रै आगामी चुनावमा भाग लिन पाउनेछन् । प्रतिनिधि सभा निर्वाचनका लागि दल दर्ता गर्ने म्याद मंसिर १० गतेसम्म छ।

