राई,महतो र चौधरीले गरे जाँतो (चकिया) चिह्नबाट चुनाब लड्ने सहमति
काठमाडौं,७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि जनता समाजवादी पार्टी,नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपाल जाँतो (चकिया) चिह्नबाट चुनाव लड्ने भएका छन् ।

तीन दलले आइतबार काठमाडौंमा एक सहमति पत्रमार्फत संयुक्त रूपमा चुनावमा जाने निर्णय गर्दै नागरिक उन्मुक्ति पार्टी नेपालमा दर्ता
सहमति गरेका हुन्।सहमति पत्रमा जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राई,राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले हस्ताक्षर गरेका छन्।
यी साना तीन दलले समान विचारधारा र लक्ष्य भएका अन्य राजनीतिक शक्तिहरूलाई पनि यही साझा चिह्नमा समाहित हुन आह्वान गरेका छन्।
आइतबार मात्रै अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहितका ६ नेता छुट्टिँदै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाली कम्युनिस्ट पार्टीमा समाहित हुने निर्णय गरेका थिए ।

