भृकुटीमण्डपमा आज जनप्रदर्शन तथा सभा गर्दै एमाले



काठमाडौँ,६ मंसिर । नेकपा एमालेले आज जनप्रदर्शन तथा सभा गर्दैछ ।

प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै एमालेले आज काठमाडौँको भृकुटीमण्डपमा सभा गर्न लागेको हो । सभा आज बिहान ११ बजेदेखि शुरु हुने भएको छ ।

एमालेको बागमती प्रदेश कमिटीले आयोजना गरेको सभामा अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।एमालेका नेता महेश बस्नेतले जनसभामा ६० हजार मान्छे उतार्ने दाबी गरेका छन्।

यसअघि स्थानीय तह र जिल्ला सदरमुकाम केन्द्रित प्रदर्शन गरिसकेको एमालेले शुक्रबार नै नेसनल भोलेन्टियर फोर्स घोषणा भएको थियो।

प्रतिक्रिया दिनुहोस्