रास्वपा सभापति लामिछानेको मुद्दाको सुनुवाइ स्थगित



काठमाडौं,४ मंसिर । सहकारी ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दाको सुनुवाइ स्थगित भएको छ।

बिहीबारको सुनुवाइ तुलसीपुर उच्च अदालत बुटवल इजलासका न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोलको इजलासमा परेको थियो । तर, लामिछानेका कानुन व्यवसायीले माग गरेपछि सुनुवाइ स्थगित भएको हो ।

लामिछानेको बिहीबार नै काठमाडौंमा पनि पेसी रहेको र त्यहाँबाट कानुन व्यवसायी आउन नसक्ने भएपछि स्थगितको माग भएबमोजिम रोकिएको बताइएको छ । लामिछानेले बिगो बराबरको रकम धरौटी राखेर थुना बाहिर बस्न माग गर्दै निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्