कांग्रेसले दियो रेडक्रस सोसाइटी उपशाखा बेतघारीलाई पांँच मुरी धान
सोलुखुम्बु,३ मंसिर । नेपाल रेडक्रस सोसाइटी उपशाखा नेचा बेतघारी उपशाखालाई पाँच मुरी धान प्रदान गरिएको छ ।

नेपाली कांग्रेस सोलुखुम्बुको संगठन बिभागको सक्रियतामा नेचासल्यान-३ स्थित डाँडागाउँमा खेत भाडामा लिएर उत्पादन गरिएको सो धान बुधबार रेडक्रस सोसाइटी उपशाखा नेचा बेतघारी उपशाखालाई हस्तान्तरण गरिएको हो।
सो धान नेपाली कांग्रेसका स्थानीय नेताको उपस्थितिमा जिल्ला कार्य समिति सोलुखुम्बुका प्रबक्ता चन्द्र आचार्यले उपशाखा सभापति आङडिकी राईलाई हस्तान्तरण गरेका हुन्।
नेपाल रेडक्रस सोसाइटी सोलुखुम्बुका उपसभापति रोहित प्रसाद बास्तोलाको उपस्थितिमा हस्तान्तरण गरिएको सो धान बिपतका बेला बितरण गरिने उपशाखाले जनाएको छ।
सो पुण्य कार्यका लागि जिल्ला शाखा उपसभापति बास्तोलाले नेपाली कांग्रेसलाई धन्यवाद ज्ञापन गरेका थिए।

