भदौ २३ र २४ को आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दु : ओली



काठमाडौं,२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले
भदौ २३ र २४ को आन्दोलन देशलाई अन्धकारतर्फ धकेल्ने प्रारम्भ विन्दुका रूपका रहेको बताएका छन् ।

मंगलबार विघटित एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सो कुरा बताउंदै त्यो एमालेका लागि सह्य,स्वीकार्य र मान्य नहुने बताए।प्रतिनिधिसभा विघटनविरुद्ध पार्टीले दुई प्रकारका कदम चाल्ने घोषणा गर्दै उनले त्यो कानुनी लडाई र सडक सङ्घर्ष हुने बताए ।

‘एउटा कानुनी लडाई लड्छौ, दोस्रो सडक सङ्घर्ष गर्छौ’, अध्यक्ष ओलीले भने, एमालेले गर्ने सङ्घर्ष आगजनी र तोडफोड गर्ने नभई संवैधानिक,शान्तिपूर्ण र जनताको जीउधनको रक्षा गर्ने हुनेछ ।’

अध्यक्ष ओलीले अहिलेको असंवैधानिक सरकार हट्नुपर्ने र त्यसमा कुनै मुलाहिजा नहुने बताए । पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले पार्टीले पुनर्स्थापनाका लागि निर्णय गरिसकेको भन्दै अहिलेको सरकार अस्वीकार गर्दै कानुन उपचार खोज्ने बताएका हुन् ।

‘न्याय संविधानको नजरमा । यसको संवैधानिक परीक्षण हुनुपर्छ भन्ने हामी ठान्दछौ । पुनर्स्थापनाबाहेक अर्को फैसला आउने संवैधानिक बाटो नै छैन’, ओलीले भने, ‘मैले पनि धेरै पटक संविधान पल्टाएर र हेरेँ । यो पूर्ण रूपमा असंवैधानिक छ ।

प्रतिक्रिया दिनुहोस्