पक्राउ परे प्रसाईं,सार्वजनिक शान्ति खलल पार्न खोजेको आरोप
काठमाडौं। नागरिक बचाउ पार्टी नेपालका संरक्षक दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

धर्म,संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका प्रसाईंले प्रहरीले सोमबार मध्य राती पक्राउ गरेको हो। आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले गएराति भक्तपुरको उनकै घरबाट पक्राउ गरेको हो ।
प्रसाईंमाथि सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा प्रहरीले पक्राउ गरेको हो । प्रसाईंले पछिल्लो समय आन्दोलन भड्काउने अभिव्यक्तिहरू दिँदै आएका थिए । प्रसाईं यसअघि पनि पटकपटक पक्राउ परेका थिए ।
प्रसाईले मंसिर ७ गतेदेखि मुलुक ठप्प पार्ने गरि आन्दोलन गर्ने घोषणा गरेका थिए।

