काँग्रेस केन्द्रीय समिति बैठक स्थगित,मंसिर ४ गतेका लागि बोलाइयो
काठमाडौँ,१ मंसिर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि नबस्ने भएको छ । मंसिर १ गते सोमबार दिउँसो २ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश कार्यसमितिका सभापतिहरूको उपस्थिति रहने छ। यसअघि शनिबार बस्ने भनिएको बैठक १ गतेलाई सारिएको थियो।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीब्र विवाद छ।बैठकमा सबै नेताहरूले बोलिसके पनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए।
देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किपछि पनि केन्द्रीय समिति बैठक दुई पटक स्थगित भइसकेको छ ।

