दुर्गा प्रसाईंको नेतृत्वमा नागरिक बचाउ दल नेपाल निर्बाचन आयोगमा दर्ता
काठमाडौं,३० कार्तिक । राष्ट्र,राष्ट्रियता,धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाई संरक्षक रहने गरी नागरिक बचाउ दल नेपाल दर्ता भएको छ।

आइतबार निर्वाचन आयोगमा सभापति माधव खतिवडा ‘कल्पित’को नेतृत्वमा दल दर्ता भएको हो। पार्टीमा अहिले २९ जना केन्द्रीय सदस्य छन्।
यो पार्टीको चुनाव चिह्न दुई पाइला रहेको छ। मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन घोषणा गरेका प्रसाईंको अभियान समूहलाई सरकारले वार्तामा बोलाएको छ। २७ बुँदे माग राखेका प्रसाईँको नागरिक बचाउ महाअभियानले दल दर्ता गरेर निर्वाचनको लागि तयारी पनि सँगसँगै अगाडी बढाउने योजना बनाएको कल्पितले बताएका छन् ।
पार्टीको उपसभापतिमा ईश्वरीप्रसाद भट्टराई र देवीप्रसाद संग्रौला छन्। पार्टीको महामन्त्री प्रेमकुमार थाम्सुहाङ, सहमहामन्त्री विष्णु बोहरा क्षेत्री, कोषाध्यक्ष सुष्मा रेग्मी रिजाल र प्रवक्ता प्रेम थापा मगर छन्।

