मन्त्री बन्ने लोभले गर्दा सांसद पद नै चैट्
काठमाडाै,२८ कार्तिक । पार्टीको निर्देशन बिपरित मन्त्री पदको लोभ गर्दा राप्रपाकि मधेस प्रदेश सभा सदस्य कञ्चन विच्छाको सांसद पद नै चैट् हुने भएको छ।राप्रपाको केन्द्रीय अनुशासन समितिले पार्टीको निर्देशन बिनै मधेस प्रदेशको मन्त्री बनेकी बिच्छालाई पदबाट हटाउन सिफारिस गरेसंगै उनको सांसद पद् चैट् हुने भएको हो।

अनुशासन समितिकी अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बिहिबार बसेको बैठकले उनलाई सांसदबाट फिर्ता बोलाउने र पार्टीको साधारण सदस्य समेत नरहने गरी बर्खास्त गर्न सिफारिस गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए ।
अनुशासन समितिको निर्णय अब बस्ने कार्यसम्पादन समितिको बैठकले अनुमोदन गरेपछि लागू हुने श्रेष्ठको भनाइ छ। उनको अनुसार बैठक केही दिनमै बस्नेछ।यसअघि उनलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। तर, २४ घण्टाभित्र जवाफ नआएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले उनलाई मन्त्रीबाट फिर्ता हुन निर्देशन दिएका थिए।
विच्छाले त्यसको पनि बेवास्ता गरेकी थिइन् । राप्रपाबाट मधेस प्रदेशको एक्ली सांसद उनी सरोज कुमार यादव नेतृत्वको विवादित सरकारमा पार्टीको निर्देशन विनै मन्त्री बन्न गएकी थिइन्।

