करिना राई तोकिईन सुदन गुरुङ नेतृत्वको द काउन्सिल अफ जेन-जीको सोलु संयोजक



काठमाडौं,२७ कार्तिक । द काउन्सिल अफ जेन-जीले कोशी प्रदेशका जिल्लाहरुमा संगठन बिस्तार गर्ने क्रममा सोलुखुम्बुको संयोजकमा करिना राईलाई संयोजक तोकेको छ।

सुदन गुरुङ संयोजक रहेको द काउन्सिल अफ जेन-जीले कोशी प्रदेश भित्रका सबै जिल्लाहरुमा संगठन बिस्तार गर्ने क्रममा सोलुखुम्बुको संयोजकमा राइलाई तोकेको हो। यसैगरी,पाँचथरमा कुशल लिम्बु, ताप्लेजुङमा सरोज कलिंगा, तेह्रथुममा विनिता लिम्बु, इलाममा सुदीप राई, धनकुटामा सिजन जोशी, सुनसरीमा नवीन राई, मोरङमा राम खत्री, भोजपुरमा आशिका तामाङ, उदयपुरमा सुरेन्द्र साम्पाङ, ओखलढुङ्गामा सुजन आङ्गो, खोटाङमा आइस राईलाई संयोजक तोकिएको कोशी प्रदेश संयोजक उपार्जन राईले जानकारी दिए ।

राइका अनुसार झापामा भने संयोजक तोक्न बांकी छ ।

प्रतिक्रिया दिनुहोस्