राष्ट्रिय परिचयपत्र हुनेले मतदाता नामावली दर्ताका लागि अनलाइन फर्म भरे मात्रै हुने



काठमाडौं,२७ कार्तिक । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राष्ट्रिय परिचयपत्र भएकाहरूले मतदाता नामावली दर्ताका लागि अनलाईन फर्म भरेमात्रै हुने गरि सहज बनाइने बताएका छन्।

जेनजी प्रतिनिधिहरूसँगको छलफलका क्रममा उनले मतदाता नामावली संकलनलाई थप सहज बनाउन आयोगले यस्तो निर्णय गरेको जानकारी दिएका हुन्। उनले अहिले धेरै नागरिकहरूले नेशनल आइडी कार्ड बनाइसकेकाले थप सहज हुने विश्वास लिएको बताए।

राष्ट्रिय परिचयपत्र बनाइसकेका नागरिकहरू भए अब अनलाइनबाट मतदाता नामावली संकलन गर्नेहरूको बायोमेट्रिक राष्ट्रिय परिचयपत्र लिइनेछ। यसले जेन–जीका मागहरू सम्बोधन गर्ने आयोगको विश्वास रहेको भण्डारीले बताउनुभयो। अध्ययन वा कामका लागि विदेशमा रहेका नेपाली नागरिकले पनि अनलाइन फारम भर्नसक्ने बताए।

उनले एक महिनासम्म मतदाता नामावलीमा नाम दर्ता गर्न कसैले चासो नदेखाएको भएपनि पछिल्लो समय धेरै चाप रहेको बताए।

प्रतिक्रिया दिनुहोस्