जेन जीको अर्को आन्दोलन भए त्यसको जिम्मा गृहमन्त्री अर्यालले लिनुपर्छ : सुदन गुरुङ
काठमाडौं,कार्तिक २७ । जेन-जी प्रतिनिधि सुदन गुरुङले जेन-जीहरुका माग पूरा नभए अर्को आन्दोलन हुने चेतावनी दिँदै उनले यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने बताएका छन् ।
लैनचौरस्थित खड्का ल्याण्ड प्रालिले सञ्चालन गर्दै आइरहेको नेपाल स्काउटको जग्गामा रहेका संरचना हटाउने प्रयोजनका लागि त्यहाँ पुगेका उनले सो कुरा बताएका हुन् । जेन-जीका हरेक वार्ताहरुमा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास गृहमन्त्रीले दिएको भएपनि अहिले त्यसअनुसार काम नभइरहेको उनको भनाइ छ ।

जेनजी पुस्ताले राखेका मागहरु पूरा नभइकन निर्वाचन हुन नसक्ने बताउंदै उनले भने-‘समग्र हामी जेन-जी हरुको टिम एक ठाउँमा छ । एक दुई जना तलमाथि हुनुहुन्छ । उहाँहरुलाई नै बोलाउँछौँ । माग पूरा नभइकन कसरी चुनाव हुन्छ । यो सबैकुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । माग पूरा हुन्छ, हुँदैन उहाँहरुलाई थाहा थिएन र ? गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।’

