रामेछापको श्री हिमालय आविमा अध्ययनरत बिद्यार्थीहरुलाई ट्रयाकसुट वितरण



दावा जाङ्बु शेर्पा,२६ कार्तिक । सक्रिय प्रवासी नेपाली समाज मलेसियाले रामेछापको दुर्गम हिमाली गाउँ उमाकुण्ड–१ लहाछेवारमा रहेकोे श्री हिमालय आधारभूत विद्यालय लहाछेवारमा अध्ययनरत विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको छ ।

विद्यालयका विद्यार्थीहरूको पठन–पाठनमा सहजता ल्याउन र उनीहरूलाई खेलकुद तथा अतिरिक्त क्रियाकलापमा सहभागिता बढाउन उद्देश्यले विद्यार्थीहरूलाई ट्रयाकसुट वितरण गरिएको उमाकुण्ड गाउँपालिका शिक्षा शाखा प्रमुख ङावा शेर्पाले जानकारी दिनुभयो । विद्यार्थीहरुलाई गरिएको यो सहयोगले विद्यालय परिवारमा उत्साह थपिएको विद्यालयले जनाएको छ।

प्राध्यापक पोटरास घिमिरेले बिद्यालयको आवश्यकतालाई प्राथमिकता दिई पुनः सहयोग गरेकोमा सहयोगदाताहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्नुभयो।विद्यालयका शिक्षक–शिक्षिका, अभिभावक र विद्यार्थीहरूले पनि सहयोगदाताहरू प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा यस्ता सहयोग निरन्तर रहोस् भन्ने आशा व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्