एकीकृत भए ७ वटा जेनजी समूह, दिए प्रधानमन्त्री कार्कीले राजीनामा नदिए संघर्ष गर्ने चेतावनी



काठमाडौँ । ७ वटा जेनजी समूहले एकता घोषणा गर्दै आफू र जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा सङ्घर्ष गर्ने अन्तिम चेतावनी समेत दिएका छन् ।

सोमबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी एकतापछि बनेको ‘जेनजी एकता अभियान नेपाल’की संयोजक सुप्रीया नेपालीले सरकारले भदौ २३ र २४ गतेको आन्दोलनमा संलग्न भएको नाममा जेनजीहरुलाई छानिछानी पक्राउ गरेको भन्दै आक्रोश व्यक्त गरिन् । संयोजक नेपालीले आफूहरूको मर्म अनुसार काम गर्न नसकेको भन्दै प्रधानमन्त्री कार्कीको राजीनामासमेत मागेकी छन् ।

जेनजी एकता अभियान नेपालका प्रवक्ता विरजन विश्वकर्माले जेनजी परिषद्, जेनजी २.०, जेनजी पिपुल, रियल जेनजी मुभमेन्ट नेपाल, जेनजी नेपाल, एनटेक–जेड, र अछाम जेनजी ग्रुप गरेर ७ वटा समूहबिच एकता भएको जानकारी दिए ।

पत्रकार सम्मेलनमा अभियानका सल्लाहकार मेगराज खत्रील,जेनजी कुन्दन कुशवाह,जेनजी रविकिरण हमाल,सल्लाहकार राजन घिमिरे, विवि पराजुली(बद्री), गणेश भट्टराई, डा.लक्ष्मी ओली, सुशीला खत्री र माधव ठकुरी,प्रकाश रावल, सुशील भण्डारी, कृपा काफ्ले, हेमराज न्यौपाने, शिशिर महरा, रामचन्द्र जोशी, सुरेन्द्र घर्ती, सुशील सिंह, जीवन सोडारी र विनोद साेडारीले सबै जेनजीहरु एकतामा आएर वर्तमान अन्तरिम सरकारले आफूहरूका माग पूरा गर्न नसकेको भन्दै सरकारको औचित्य समाप्त भइसकेकाले प्रधानमन्त्रीको राजीनामा दिनुपर्ने बताएका थिए।पछिल्लो समयमा सरकारले परिवर्तनकारीहरूमाथि नै डण्डा वर्षाउन लागेको भन्दै सबै एक ठाउँमा आएर सङ्घर्ष गर्नुपर्ने धारणा राखेका थिए।

पूर्व प्रहरी महानिरीक्षक(आइजीपी) सर्वेन्द्र खनालले जेनजीको बलबाटै बनेको सरकारले उनीहरूलाई नै आतङ्कित बनाउन थालेको भन्दै आक्रोश व्यक्त गरे । खनालले विद्रोहले नेपालका भ्रष्ट र दलालहरूलाई सच्चिन चेतावनी दिएको तर त्यस्तो नदेखिएको बताउँदै भने,“अहिलेको सरकार र ओली सरकारकाबिच कुनै फरक भएन, यसले गोली हान्न आदेश दिने ओली र उहाँको सरकारका जिम्मेवारलाई पक्रेर अनुसन्धान गर्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्