एमालेले सुरु गर्यो ‘घर फर्क अभियान’,पहिले एमालेमा रहेर अन्य पार्टीमा गएकाहरुलाई स्वागत गरिने
काठमाडौं,२४ कार्तिक।काठमाडौँ । नेकपा एमाले छोडेर नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलमा गएर पुनः फर्किन लागेकाहरूलाई एमालेले स्वागत गर्दैछ।

राष्ट्रिय सभागृहमा एक समारोह गरी एमालेले पहिले एमालेमै रहेका तर बीचमा विभिन्न दलमा गएकालाई घर फर्क अभियानअन्तर्गत स्वागत गर्न लागेको हो।यही अभियान अन्तर्गत सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममार्फत झाँक्री, किसान श्रेष्ठसहित गम्भीरलाल श्रेष्ठ, पिताम्बर तिमल्सिनासहितका नेताहरूलाइ एमालेमा स्वागत गरेका हुन् । ओलीले उनीहरूलाई पार्टीको झन्डा दिएर स्वागत गरेका थिए भने श्रेष्ठ र तिमल्सिनाले ओलीलाई कलम दिएका थिए ।
एमालेबाट ०७८ भदौ २ गते विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) पार्टी नेकपा (माओवादी)सहितका १० घटकसँग मिसिन नगएका नेताहरू एमाले फर्किएका हुन् ।
०७८ भदौ २ गते माधवकुमार नेपालको नेतृत्वमा एमाले विभाजनका लागि निर्वाचन आयोग निवेदन दिइएको थियो । झाँक्रीले नेपालको हात समाउँदै अघि बढाएको दृश्य भाइरल बनेको थियो । एकीकृत समाजवादीमा लामै समयदेखि झाँक्रीसहितका नेता असन्तुष्ट थिए । बीचमा नै एमाले फर्कने चर्चा भएको थियो । तर, पार्टी नै अस्तित्वमा नरहने भएपछि उनीहरू एमाले फर्किएका हुन् ।

