पक्राउ परे भुटानी शरणार्थी प्रकरणका फरार प्रतिबादी रौतहटका निराजन
काठमाडौँ,२३ कार्तिक । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न एक जना फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको फतुवा हर्साह–९ घर भका ४२ वर्षीय निरन्जन कुमार खरेल उर्फ निराजन छन् ।उनलाई शुक्रवार पक्राउ गरेर आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका एसएसपी शिव कुमार श्रेष्ठले बताए ।
शरणार्थी प्रकरणको मुद्दा यसअघि नै अदालतमा दर्ता भैसकेको छ । आरोपीहरूले भुटानी शरणार्थीको कोटामा अमेरिका पटाउँछौँ भनेर पीडितहरुबाट करोडौं रकम असुलेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

