मधेस प्रदेशका मुख्यमन्त्री सोनलले दिए पदबाट राजीनामा



जनकपुरधाम, २२ कार्तिक । विश्वासको मत लिन नपाउँदै मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले पदबाट राजीनामा दिएका छन् । शनिबार विश्वासको मत लिन बोलाइएको प्रदेशसभा बैठकमा उनले राजीनामा दिएका हुन् ।

आफ्नो पक्षमा बहुमत प्रदेशसभा सदस्यहरूको मत नपर्ने देखेपछि मुख्यमन्त्री सोनलले प्रदेश सभाबाटै राजीनामा घोषणा गरेका थिए । प्रदेशसभामा विश्वासको मत लिने वातावरण नरहेको भन्दै आफूले पदबाट राजीनामा दिएको उनले बताएका छन् । मुख्यमन्त्री सोनलले प्रदेशसभामा सभामुखको भूमिकामाथि समेत प्रश्न उठाएका छन् ।

प्रदेशसभाबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै सोनलले प्रदेश सभालाई नियन्त्रणमा राखेर संघीयतालाई नै समाप्त पार्ने खेल भइरहेको आभास भएकाले आफूले राजीनामा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्