बिरोधको नयाँ शैली : माओवादी सांसदले प्रदेश सभामा आफ्नै अनुहारमा आफैंले दले मोसो
जनकपुर धाम,२२ कार्तिक । माओवादी केन्द्रका मधेस प्रदेशसभा सदस्य रहबर अन्सारीले आफ्नै अनुहारमा मोसो दलेका छन् ।

मुख्यमन्त्री सोनार विश्वासको मत लिनुपूर्व दलको तर्फबाट प्रदेशसभा सदस्यहरु बोलिरहेको समय माओवादी केन्द्रका प्रदेशसभा सदस्य रहेका अन्सारीले समय लिँदै रोस्ट्रममा बोल्ने क्रममा मोसो दलेका हुन्।
जेन–जी आन्दोलनले दलका नेताहरूको नैतिक धरातल नै कमजोर भएको भन्दै उनले आफैँमाथि मोसो दलेका हुन् । जेन–जी आन्दोलनपछि पनि दलका नेताहरूको चरित्र नफेरिएको उनको गुनासो छ। प्रदेश सांसद हुनुमा आत्मग्लानि भएको बताएका उनले सार्वजनिक अपराध स्वीकार गर्दै मोसो दलेको बताए ।
“कुनै पनि सरकारले मधेसी जनताको पक्षमा काम गरेन, हरेक सरकारले मधेसलाई लज्जित गरेको छ त्यसैले मैले आज आफ्नो अनुहारमा कालो मोसो दल्छु,” प्रदेश सभा बैठकमा अन्सारीले भने। उनले मधेसका कुनै पनि सरकारले जनताका पक्षमा काम नगरेकाले मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार (सोनल) को पक्षमा मत नदिने पनि बताए।

