हिमपहिरोमा परि निधन भएका नेपाली नागरिकका परिवारलाई उचित राहत प्रदान गर्न कांग्रेस नेता शेर्पाको माग
काठमाडौं,२० कार्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम पर्यटन बिभाग प्रमुख आङगेलु शेर्पाले प्रतिकुल मौसमका कारण हालसालै नेपालका विभिन्न हिमालहरुमा गएको हिमपहिरोमा फसेका स्वदेशी तथा बिदेशी नागरिकहरुको खोजी तथा उद्दार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

हिमपहिरोमा परी मेरे कार्की लगायत अन्य स्वदेशी तथा विदेशी नागरिकको निधनप्रति गहिरो दु:ख व्यक्त गर्दै पर्यटन विभाग प्रमुख शेर्पाले सो ध्यानाकर्षण गराएका हुन्। उनले मृत्यु भएका नेपाली नागरिकका परिवारलाई उचित राहतको प्रवन्ध गर्न समेत सरकारलाई आग्रह गरेका छन् ।
‘हिमपहिरोमा परि उद्वारको पर्खाइमा रहेका विदेशी पर्यटक तथा नेपाली नागरिकहरुको यथाशीघ्र उद्वार गर्न र वेपत्ता भएकाहरुको तत्काल खोजी गरि अवस्था पत्ता लगाउनका लागि प्रभावकारी कदम चाल्न नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु’- शेर्पाद्वारा प्रकाशित बिज्ञप्तिमा भनिएको छ ।
घाइतेहरुको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै शेर्पाले यस विषम परिस्थितिमा सकेको सहयोग गर्न सम्बद्व सबैमा अपिल समेत गरेका छन् ।

